
वीरगन्ज,५साउनःपर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङ डाँडास्थित ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न परिवारका विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत १० जना विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेक ठोरी–४ गुम्बालाइन निवासी कृष्ण लामा ललुङ्बा र मलेसियामा रहेका साङ बहादुर पाख्रिनको आर्थिक सहयोगमा सोमबार विद्यालयमै आयोजित कार्यक्रममाविद्यार्थीहरुलाई विद्यालय पोशक र शैक्षिक सामग्री प्रदान गरिएको हो ।
स्थानीय शिक्षक फुर्वा लामाको पहलमा ललुङ्बा र पाख्रिनले विद्यार्थीहरुलाई सहयोग गरेको बताइएको छ । साभार : सामुदायिक रेडियो विजयबस्ती

