Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

फाइल तस्बिर ।

काठमाडौं,३० जेठ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। ऋाज(शुक्रबार) सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार २०० रुपैयाँले वृद्धि भइ एक तोला सुनको मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको हो।अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अस्ति बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related posts

ठोरी भन्सार : भवन छ तर कर्मचारी बस्दैनन्

MadhesKhabar

पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारको घोषणा

MadhesKhabar

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

MadhesKhabar

Leave a Comment