Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

फाइल तस्बिर ।

काठमाडौं,३० जेठ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। ऋाज(शुक्रबार) सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार २०० रुपैयाँले वृद्धि भइ एक तोला सुनको मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको हो।अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अस्ति बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related posts

नेपाली युवा उद्यमी मञ्च वीरगन्जको अध्यक्षमा शाह सर्वसम्मत चयन

MadhesKhabar

उद्योग वाणिज्य महासंघको मधेस प्रदेश अध्यक्षमा टेमानी सर्वसम्मत चयन

MadhesKhabar

खाद्य स्वच्छताको आधारमा वीरगन्जका होेटलहरुको स्तर वर्गिाकरणको काम सुरु

MadhesKhabar

Leave a Comment