Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका उद्योगी–व्यपारीको गुनासो : भन्सार जाँचपास प्रकृया व्यपारीमैत्री छैन

वीरगन्ज,२८जेठःवीरगन्जका उद्योगी व्यापारीले वीरगन्ज नाकामा रहेका भन्सार कार्यालयहरुमा भन्सार जाँचपास प्रक्रियामा देखिएको ढिलाइ, दोहोरो प्रक्रिया तथा पूर्वसूचनाको अभाव हुदाँ कारोबारमा समस्या भइरहेको गुनासो गरेका छन् ।

भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वर काठमाडौंले बुधबार वीरगन्जमा भन्सार कार्यालयमा आयोजना गरेको भन्सार जाँचपास परीक्षण सम्बन्धि कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगन्ज नाकाबाट दैनिक रुपमा करोडौंंको कारोबार हुने गरेकोमा भन्सार जाँचपास प्रक्रियामा अनेकन समस्या रहेको बताए । निजी क्षेत्रले भन्सार प्रक्रियामा विभिन्न प्रकारका समस्या खेप्दै आएको भन्दै उनले जाँचपासमा ढिलासुस्ती, दोहोरो परीक्षण, अभिलेख व्यवस्थापनको अभाव रहेको बताए । यी सबै समस्या समाधान गर्नका लागि भन्सार जाँचपास परीक्षण प्रणालीको आवश्यक्ता रहेकोममा उनले जोड दिए।

कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरन्जिवि अधिकारीले उद्योगी व्यवसायीका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिएको बताए । व्यवसायमैत्री वातावरण निर्माण गर्न तथा व्यवसायीहरूको समस्या समाधान गर्न कार्यालय निरन्तर सक्रिय रहेको उनले बताए। उनले भन्सार ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको परिपालना गर्दै व्यापार सहजीकरण, राजस्व संकलन अभिवृद्धि, व्यापारिक छल न्यूनीकरण तथा जोखिम व्यवस्थापनमा विशेष जोड दिने बताए ।

कार्यक्रममा वीरगन्ज भन्सार कार्यालयका पप्रमुख प्रशासक दीपक लामिछाने, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

 

Related posts

ताेलामा १ हजार रुपैयाले घट्याे सुनकाे मुल्याे

MadhesKhabar

पर्सा-बारा औद्योगिक काेरिडाेरमा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या

MadhesKhabar

तोडफोड र आगजनीबाट वीरगन्जको आन्तरिक राजस्व कार्यालयको उपकरणमा १ करोडको क्षति

MadhesKhabar

Leave a Comment