Madhes Khabar
अर्थतन्‍त्र

तोडफोड र आगजनीबाट वीरगन्जको आन्तरिक राजस्व कार्यालयको उपकरणमा १ करोडको क्षति

वीरगन्ज,५असोजः जेन–जी आन्दोलनका क्रममा अराजक समुहबाट भएको तोडफोड र आगजनीको कारणले वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा भवनबाहेक एक करोड रुपैयाँ मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।

गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

‘कर संकलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ’, उनले भने, ‘कार्यालयका कम्प्युटर, प्रिन्टरलगायत विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।’ कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ । रासस

Related posts

बढ्यो सेयर बजार, आज एकैदिन ३ अर्ब ४० करोडको कारोबार

MadhesKhabar

पेट्रोलियम पाइपलाइनबाट पेट्रोलकाे आयात चैतदेखि सुरु गर्ने लक्ष्य

MadhesKhabar

इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

Leave a Comment