Madhes Khabar
अर्थतन्‍त्र

पर्सा-बारा औद्योगिक काेरिडाेरमा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या

फाइल फोटो।

वीरगन्ज,१४जेष्ठ :पर्सा-बारा औद्योगिक काेरिडाेरमा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा छिन् छिन् मा विद्युत कटौती(ट्रिपिङ) हुने समस्या देखिएको छ ।

औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट बिजुलीको माग भएपनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत् झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेले विद्युतको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताए । “बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतको माग छ”, उनले भने, “रक्सौल–परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत् भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।”

प्रमुख दुबेले पर्सा-बाराका औद्योगिक काेरिडाेरमा प्राथमिकताका साथ विद्युत् उपलब्ध गराउँदै आएको बताए। बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतको माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ ।

“कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उनले भने । उक्त समस्या एक महिनाभित्र समाधान हुने उनी बताउँछन् । वीरगन्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् ।रासस

Related posts

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

MadhesKhabar

६ महिनामा विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

MadhesKhabar

Leave a Comment