Madhes Khabar
समाचार

आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

विराटनगर,२८जेठःखानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व भएको बताए ।

‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने । सरकार आफ्नो उद्देश्य र दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उनको दाबी छ ।

झन्डै १८ वर्षदेखिको प्रतीक्षा सकिएको बताउँदैै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको बताए ।

Related posts

वडा अध्यक्ष चर्तुवेदी वीरगन्ज महानगरको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा चयन

MadhesKhabar

विजयबस्तिमा सशस्त्र प्रहरीकाे नवनिर्मित भवनकाे उद्घाटन

MadhesKhabar

तरकारी बोकेको गाडीबाट ३ सय ३४ केजी गाँजा बरामद, चालक फरार

MadhesKhabar

Leave a Comment