Madhes Khabar
समाचार

विजयबस्तिमा सशस्त्र प्रहरीकाे नवनिर्मित भवनकाे उद्घाटन

मधेसखबर
वीरगन्ज ,१६ मंसिर : पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा नवनिर्मित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट (बिओेपी ) भवनकाे शुक्रबार उद्घाटन गरिएकाे छ।

ससस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी) गणेश ठाडा मगरले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बिओपी भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका जग्गादाता एवं रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठलाई डिआइजी मगरले दोशल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा ठोरी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, ठोरी ४ का वडाध्यक्ष मान बहादुर थिङ,पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल लगायतको पनि सहभागीता थियो ।

Related posts

५४ लाखकाे सुनसहित वीरगन्जका एक युवक हेटाैडामा पक्राउ

MadhesKhabar

तस्करीको भन्दै दुईवटा भैंसी र एउटा पाडा पर्सा प्रहरीले नियन्त्रणमा लियो

MadhesKhabar

वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर मृत्यु

MadhesKhabar

Leave a Comment