Madhes Khabar
समाज हेडलाइन

गर्मी बढ्दै जाँदा खानेपानीको समस्या विकराल बन्दै

फाइल तस्बिर ।

राैतहट,२७जेठ:अत्यधिक गर्मी र सुख्खा बढ्दै जाँदा मधेसका जिल्लाहरुमा खानेपानीको समस्या पनि बढ्दै जान थालेको छ।

विगत डेढ महिनादेखि पर्साकाे वीरगन्जसहितका क्षेत्रमा चापाकलहरु सुकेका छन् ।यस्तै रौतहटको कटहरिया नगरपालिकाको मुख्य बजारमापनि खानेपानीको समस्या देखिएको छ।नगरपालिकाकाे बजार क्षेत्र र बस्तीमा खानेपानी उपलब्ध गराइरहेको वडा नम्बर ५ मा रहेको पानी ट्यांकीमा समस्या आएपछि सयौँ परिवारमा खानेपानीको समस्या देखिएको हो ।

करिब दुई हप्तादेखि खानेपानीको समस्या देखिएको स्थानीयले बताएका छन् । नियमित रुपमा पानीको आपूर्ति हुन छाडेपछि स्थानीयवासी समस्या परेको स्थानीय रविन्द्र प्रजापतिले बताए।

करिब दुई हप्तादेखि धारामा पानी नआउँदा निकै समस्या भएको प्रजापतिको भनाइ छ । यसै गरी स्थानीय पुनम देवीले पनि धारामा पानी नआएपछि बाहिरबाट किनेर खान बाध्य भएको बताएकी छिन् ।

धारामा पानी आउन छाडेपछि पानी उद्योग तथा पानी बेपारीलाई निकै फाइदा भएको छ । केही वर्षदेखि धाराको पानी प्रयोग गर्दै आएका स्थानीयवासीले हाते पम्प (कलधार) प्रयोग गर्न छाडिसकेका छन् । खानेपानीको पानी आपूर्ति बन्द हुँदा जारको पानीका साथै बजारमा पाइने बोतलको पानी किनेर पिउन स्थानीयवासी बाध्य भएका छन् । बजारबाट महँगो मूल्यमा पानी किनेर खानुपर्दा दैनिक खर्च धान्न मुस्किल बजारका गरिब परिवारलाई निकै समस्या परेको छ।

खानेपानीको विषयमा नगरपालिकालाई पटक पटक जानकारी गराइएको छ तर समाधान नभएको गुनासो रहेको छ । नगर प्रमुख अजय प्रकाशले भने खानेपानीको समस्या समाधान भइरहेको बताएका छन् ।

अत्यधिक गर्मी चर्किएपछि गाउँघरका चापाकल सुक्न थालेको छ । चापाकल सुक्न थालेपछि खानेपानीको समस्या गाउँघरमा पनि देखिन सुरु भएको छ । अत्यधिक चर्को घाम र गर्मीको कारण पानीको माग बढी भएको बेला जिल्लाको धेरै ठाउँमा खानेपानीको समस्या देखिँदै आएको छ।मदन ठाकुर /नागरिक

Related posts

वीरगन्जकाे मानव सेवा आश्रममा ५० थान कम्बल सहयाेग

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

सरकारले भन्सार शुल्क घटाए पनि वीरगन्जका व्यपारीले बढेकै मुल्यमा खाने तेल बेच्दै

MadhesKhabar

Leave a Comment