Madhes Khabar
स्थानिय

वीरगन्जको पिपरामा कार दुर्घटना हुदाँ एकको मृत्यु ,तीन घाइते

वीरगन्ज,२५जेठःवीरगन्जमा आइतबार अपरान्ह भएको कार दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक आइतबार दिउँसो सवा ३ बजेतिर गण्डक चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका भारतको बिहारको नरकटीयागञ्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा कारका चालक नरकटीयागञ्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यहि ठाँउका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ गम्भीर घाइते भएका छन् । उनिहरुको बाराको नौतननस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए ।

Related posts

पाँच बर्षदेखि हराएका बाराका दुई महिलाकाे काेलकाताबाट उद्धार

MadhesKhabar

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

MadhesKhabar

Leave a Comment