Madhes Khabar
स्थानिय

वीरगन्जमा ठूलाे परिमाणमा लागू औषधसहित रिक्सा चालकलाई पक्राउ

वीरगन्ज,३माघ:वीरगन्जमा प्रहरीले ठुलो परिमाणामा नेपालमा प्रतिबन्धित  लागू औषध  सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।
लागू ओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने वर्ष ५० वर्षिय बब्लुलाल कर्ण रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुल लागू ओैषध फेला परेपछि उक्त रिक्साका चालक कर्णलाई  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
लागु औषध सहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको थापाले बताए  ।

Related posts

पर्साको औराहामा मान्छेलाई घाइते बनाएको बाघलाई स्थानीयले भाला रोपेर मारिदिए

MadhesKhabar

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

MadhesKhabar

ठोरीलाई पर्यटन,कृषि र वनजंगलमा आधारित ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न गभर्नर पौडेलसंग माग

MadhesKhabar

Leave a Comment