Madhes Khabar
स्थानिय

पर्साको खेस्राहामा आगलागी हुदाँ चार वटा घरगोठ जलेर नष्ट

वीरगन्ज,२३जेठःपर्साको पकहामैनपुर गाँउपालिका वडा नम्बर ४ खेस्रहामा शुक्रबार बिहान आगलागगी हुदाँ चार वटा घरगोठ जलेर नष्ट भएको छ । आगलागीमा परेर एउटा भैंसी र एउटा पाडा जलेर घाइतेपनि भएका छन् ।

शुक्रबार बिहान पौने ५ बजेतिर स्थानीय रामाशंकर गिरिको गोठमा विद्युत सर्ट भई आगलागी हुदाँ गिरि र उनका छिमेकी दरोगा गिरिको फुसको घर र गोठ जलेर नष्ट भएका हुन् ।

आगलागीबाट रामाशंकरको घरमा रहेको अन्नपात , लताकपडा र गरगहना जलेर नष्ट हुदाँ करिब ७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ भने एउटा भैंसी र एउटा पाडो जलेर घाइते भएका छन् । यस्तै आगलागीबाट दरोगाको पनि फुसको गोठ र घर पुर्णरुपमा जलेर नष्ट हुदाँ ७ लाख ५० हजार बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

Related posts

जनकपुरबाट वीरगन्ज आउँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

MadhesKhabar

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

MadhesKhabar

पत्रकार महासंघ पर्सा र वीरगन्ज कलेजबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर

MadhesKhabar

Leave a Comment