Madhes Khabar
मधेस प्रदेश

मधेस : सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सांकेतिक तस्बिर ।

जनकपुरधाम,६जेठ:धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र रामबाबुकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन् ।

नवनिर्मित कृषि सडकको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबर

Related posts

सर्लाहीमा जलाउदै गरेकाे महिलाकाे शव प्रहरी नियन्त्रणमा

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंह भन्छन् :पत्रकारिता अमर्यादित रूपले चलिरहेको छ,लगाम लगाउनुपर्छ

MadhesKhabar

काठमाडौं महानगरको मेयरमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

MadhesKhabar

Leave a Comment