Madhes Khabar
मधेस प्रदेश

मधेसका मुख्यमन्त्री सिंह भन्छन् :पत्रकारिता अमर्यादित रूपले चलिरहेको छ,लगाम लगाउनुपर्छ

जनकपुरधाम,१०चैत:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अमर्यादित रुपले चलिरहेको पत्रकारितामाथि लगाम लगाउनुपर्ने बताएका छन् ।

जनकपुरमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अमर्यादित रुपमा पत्रकारिता गर्नेहरुका कारण सही र मर्यादित रुपमा पत्रकारिता गरिरहेकाहरुको जिवन ओझेलमा परिरहेको बताए ।

 

उनले अहिले पत्रकारिता सहि छ कि गलत त्यसलाई ठम्याउन मुस्किल भएको बताए । ‘अहिलेको समयमा पत्रकारिता माथिको विश्सनियता दिन प्रतिदिन घटी रहेको छ । किन घटिरहेको छ ? आजपनि त्यहि पत्रकारिता छ, त्यहि पेपर छ तर पनि विश्वसनीयता घटिरहेको छ’, उनले भने, ‘यदि तपाई म प्रति साकारात्मक हुनुहुन्छ भने मेरो गलत कुरालाई पनि सहि ढंगले लेख्नुहुन्छ,यदि म प्रति नाकारात्मक हुनुहुन्छ भने मेरो सहि कुरालाई पनि नाकारात्मक रुपमा प्रस्तुत गर्नुहुन्छ ।’

उनले अहिले धेरै अनलाईन मिडिया, युट्युब दर्ताको प्रकृयामा रहेको र नरहेकाहरुले समेत सामाजिक सञ्जालमा भ्रामात्मक रुपमा प्रस्तुत हुने गरेको बताए ।

मुख्यमन्त्री सिंहले यस्ता कार्य दुःखद रहेको भन्दै प्रदेश सरकारले आमसञ्चार प्राधिकरणको माध्यमबाट विभिन्न योजनाहरु ल्याएको बताए । उनले आगामी दिनमा बजेटभन्दा पहिला पत्रकार महासंघसँग बसेर छलफल गरेर सुधारका लागि कस्ता कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ त्यसमा तत्पर रहेको बताए ।

मुख्यमन्त्री सिंहले आर्थिक मन्दीका कारण पत्रपत्रिका, टिभी, अनलाईन लगायतमा मुल पेशा बनाएर पत्रकारिता गरिरहेकाहरुको जिवन यापनमा समेत असर परेकाले केन्द्रीय सञ्चार मन्त्रालयलाई उनीहरुका लागि ठोस मापदण्ड आउनुपर्ने बताए । उनले प्रदेश सरकारको तर्फबाट जनलोककल्याणकारी विज्ञापनमा बढाएर प्रस्तुत गर्नेमा साकारात्मक रहेको बताए ।

Related posts

विरुवा रोप्दै वन मन्त्री यादवले भने : वृक्षारोपण गरौ वातावरण जोगाऔं

MadhesKhabar

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा फेरि दाेहाेरिने राउतकाे दाउ

MadhesKhabar

धनुषामा माेटरसाइकल दुर्घटनामा पत्रकार यादवकाे मृत्यु

MadhesKhabar

Leave a Comment