Madhes Khabar
मधेस प्रदेश

स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम,२०फाल्गुन :जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जना महिलाको मृत्यु भएको छ।६ जना घाइतेपनि भएका छन्। जनकपुरको एंजल्स स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका-२३ की ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमा र सोही ठाउँ बस्ने ५८ वर्षीया देवकली साहको उपचारका क्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुल बसले बिहेको मटकोर विधिका लागि माटो ल्याउन जाँदै गरेका महिलाहरूको समूहलाई ठक्कर दिएको थियो।घाइतेमध्ये ५० वर्षीया अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।

 

यस्तै घाइतेहरूमा ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय बालक सोनु कुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनापछि बिहानैदेखि विन्धीको अवस्था तनावग्रस्त छ। ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो। चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। सडक छेउमा हिँडिरहेका महिलाहरुलाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।

विवाहका लागि माटो खन्न गइरहेका महिलाहरूको समूहलाई बसले किचेको थियो। दुर्घटनापछि आक्रोशितहरूले बसमा तोडफोड गरेका छन्।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

सर्लाहीको लखनदेई पुलमुनि भेटियो एक युवकको टाउको

MadhesKhabar

वीरगन्जको मतगणना शुरु नै भएन , दिउसो १ बजे देखि हुने सम्भावना

MadhesKhabar

रौतहटको गढीमाइमा कांग्रेस विजयी

MadhesKhabar

Leave a Comment