Madhes Khabar
मधेस प्रदेश

दुई हप्तादेखि हराएका विवेककाे शव शाैचालयकाे सेफ्टी ट्यांकीभित्र टुक्राटुक्रा पारेकाे अवस्थामा भेटियो

जनकपुरधाम,२६भदाैं:महोत्तरीमा एक युवकको हत्या भएको छ । बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा २५ वर्षीय विवेक सरदारको शव फेला परेको हो ।

मृतक विवेक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका रहेको प्रहरी स्रोतले बताएको छ ।

उनको शवलाई टुक्राटुक्रा गरी सेफ्टी टयांकीमा राखिएको अवस्थामा फेला परेको हो । सेफ्टी ट्यांकीमा राखेर माथिबाट सिमेन्ट बालुवा राखेर पलास्टर गरिएको पाइएको छ।

विवेक रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका थिए । प्रहरीले शव भेटिएको घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विवेक रक्षाबन्धनको दिनदेखि हराएपछि परिवारजनले खोजी गरिरहेका थिए । यसको जानकारी प्रहरीलाई पनि गराइएको थियो । उनको अन्तिम मोबाइल लोकेसन शव भेटिएको घटनास्थल नजिकै देखिएको थियो । विवेकको अन्तिम फोन कल दिपेन्द्रकी श्रीमतीको नम्बरमा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइ छ ।

यसपछि शंकाको आधारमा बिहीबार अशोक र छोरा दिपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि विवेकको हत्याको रहस्य खुलेको हो । उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको प्रहरीलाई बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

दिपेन्द्रको ससुराली विवेकको छिमेकी गाउँ भंगहा नगरपालिका– ७ संग्रामपुर पर्छ । विवेकको दिपेन्द्रकी श्रीमतीसँग चिनजान थियो ।

दिपेन्द्र वैदेशिक रोजगारमा थिए । केहीदिन अघि मात्र उनी घर आएको प्रहरीले जनाएको छ । विवेक र दिपेन्द्रकी श्रीमतीबीच हिमचिमका कारण फोन गर्न लगाएर विवेकलाई घरमै बोलाइ हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।शैलेन्द्र महताे/ अनलाइनखबर

Related posts

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

MadhesKhabar

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

MadhesKhabar

वीरगन्ज २३ मा जसपाको चुनावी घरदैलो

MadhesKhabar

Leave a Comment