Madhes Khabar
समाचार

५ करोड बढी रकम हिनामिना गरेको आरोपमा बाराका हुलाक प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,३०बैशाख : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीलगायत ६ जना विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

कार्यालयका तत्काल नासु र अहिलेका कार्यालय प्रमुख समेत रहेका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको र बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखु्सी अपचलन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

त्यही उजुरीका आधारमा अनुसन्धान हुँदा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता पौडेलका अनुसार कुर्मीलगायत जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू,अदालतप्रसाद कुर्मी,बुन्नीप्रसाद यादव,सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारको दावी छ।उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ।साभारःअनलाइनखबर

Related posts

कर कार्यालय हटाउने सरकारी निर्णयको विरोधमा धर्ना सुरु

MadhesKhabar

पटेर्वा सुगौलीका खोलाबाट बालुवा र ढुंगाको तस्करी गर्ने ३ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

MadhesKhabar

पर्सागगढीबाट तस्करीको काठ बरामद

MadhesKhabar

Leave a Comment