रौतहट,१३ पुस :रौतहटको सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय धर्ना कार्यक्रम सुरु भएको छ ।संघले आईतबारदेखि करदाता सेवा कार्यालयको मूल गेटमै धर्ना दिँदै विरोध जनाएको छ।
कार्यालय हटाउने सरकारको निर्णयले रौतहट जिल्लाभरका उद्योगी, व्यवसायी र सर्वसाधारण करदातालाई गम्भीर समस्या पर्ने संघका पदाधिकारी तथा सदस्यहरूले बताएका छ्न ।
राजनितिक दल, नागरिक समाज तथा स्थानिय व्यापारीहरु सँगको छलफल पछि (आज)आइतबार देखी धर्ना कार्यक्रम शुरु भएको उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र नाथ गोपालीले बताए ।
करसम्बन्धी सेवा लिन अन्य जिल्लामा धाउनुपर्ने अवस्था सिर्जना हुने, समय र खर्च दुवै बढ्ने तथा स्थानीय आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने भन्दै सरकारी निर्णयप्रति उधोग वाणिज्य संघ रौतहटले आपत्ति जनाउदै कर कार्यालय पुनः स्थापना नभए थप आन्दोलनमा जाने अध्यक्ष गोपालिले चेतावनी दिएका छन् ।उनिहरुले करदाता सेवा कार्यालय नहटाउन तथा हालको निर्णय तत्काल फिर्ता लिन सरकारसंग संघ माग पनि गरेका छन् ।

