Madhes Khabar
खेलकुद

विश्वकप लिग–२ का लागि नेपाली टिम घोषणा, वीरगन्जका आरिफ र आसिफ पनि परे टिममा

काठमाडौं,२७बैशाख : आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाली टिमको घोषणा गरेको हो।

नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि घोषणा गरिएको टोलीमा पुरानै खेलाडीहरुले निरन्तरता पाएका छन्। क्यानले गरेको घोषणामा टिमको कप्तानमा रोहितकुमार पौडेल छन्। उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।

टिममा वीरगन्जका सहोदर दाजुभाई आरिफ शेख र आसिफ शेखपनि परेका छन् । यस्तै टिमका अन्य सदस्यहरुमा अनिल साह, गुल्शन झा, कुशल भुर्तेल,भीम सार्की, बसिर अहमद, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल छन् । विश्वकप लिग–२ को खेल जेठ १९ देखि हुनेछ ।

Related posts

साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात,श्रीलंकामाथि सहज जित

MadhesKhabar

अर्जुन गुप्ताकाे अध्यक्षतामा पर्सा जिल्ला फूटबल रेफ्री संघ गठन

MadhesKhabar

वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

MadhesKhabar

Leave a Comment