Madhes Khabar
खेलकुद

विश्वकप लिग–२ का लागि नेपाली टिम घोषणा, वीरगन्जका आरिफ र आसिफ पनि परे टिममा

काठमाडौं,२७बैशाख : आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाली टिमको घोषणा गरेको हो।

नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि घोषणा गरिएको टोलीमा पुरानै खेलाडीहरुले निरन्तरता पाएका छन्। क्यानले गरेको घोषणामा टिमको कप्तानमा रोहितकुमार पौडेल छन्। उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।

टिममा वीरगन्जका सहोदर दाजुभाई आरिफ शेख र आसिफ शेखपनि परेका छन् । यस्तै टिमका अन्य सदस्यहरुमा अनिल साह, गुल्शन झा, कुशल भुर्तेल,भीम सार्की, बसिर अहमद, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल छन् । विश्वकप लिग–२ को खेल जेठ १९ देखि हुनेछ ।

Related posts

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

MadhesKhabar

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड भारु पुरस्कार दिने भारत सरकारको घोषणा

MadhesKhabar

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

MadhesKhabar

Leave a Comment