Madhes Khabar
अन्तर्राष्ट्रिय

कश्मीरकाे पहलगाममा आतंकवादी हमला,नेपालीसहित १६ पर्यटक मारिएकाे पुष्टि

तस्बिर:आजतक

वीरगन्ज,९बैशाख:भारतकाे जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमणमा एक नेपालीसहित १६ पर्यटक मारिएका छन्।

जम्मु-काश्मीरकाे पर्यटकीयस्थल पहलगाममा पर्यटकहरु घुमफिर गरिरहेका बेला ५/६ जनाकाे संख्यामा आएका हतियारधारीहरुले अन्धाधुन्ध गाेली चलाउँदा १६ जना मारिएको खबर प्राप्त भएको भारतीय मिडियामा समाचारहरु सम्प्रेषण भइरहेका छन्।उक्त आक्रमणमा मारिनेमा नेपाली नागरिक सन्दिप न्याैपाने पनि छन्।

आतंककारीहरुकाे आक्रमणमा गाेली लागेर १० भन्दा बढी पर्यटक घाइते पनि भएका छन्।

आतंककारीहरुले पर्यटकहरुसंग उनिहरुकाे धर्म साेध्दै गाेली हानेर हत्या गरेकाे भारतीय मिडियाले जनाएका छन्।

घट्नास्थलमा अहिलेपनि भारतीय सुरक्षाकर्मीकाे सर्च अप्रेशन जारी छ ।

Related posts

बेहुला आउन ढिला गरेपछि बेहुलीले भिनाजुसंग गरिन् बिहे

MadhesKhabar

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

MadhesKhabar

हवाई आक्रमणको नेतृत्व गर्ने हमासका कमान्डर मारिएको इजरायलको दाबी

MadhesKhabar

Leave a Comment