Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरको नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक : २ सय ३३ दिन विद्यालय खुल्ने

वीरगन्ज,२९चैतःवीरगन्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरका मेयर राजेशमान सिंहले शुक्रबार एक कार्यक्रमकाबीच शैक्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबैै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ मा हुने परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो ।

क्यालेन्डर अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा २३३ दिन विद्यालय खुल्नेछ । बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु भई त्यही दिनबाट ८ दिनसम्म विद्यार्थी भर्ना अभियानपनि सञ्चालन हुने छ ।

यस्तै गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन परक्षिा लगायतका कार्यतालिकापनि क्यालेन्डरमा समेटिएको छ ।

त्यस्तै जाडो विदा, अन्तिम मूल्याङ्कन, चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठा व्यवस्थापन लगायतको तयारीका विषयलाई समेत क्यालेन्डरमा समेटिएको वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डर अनुरुप शैक्षिक गतिबिधि सञ्चालन गर्न सबैलाई आग्रह गरे। कार्यक्रममा प्याब्सन, एन–प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका संचालकहरुकोपनि सहभागिता रहेको थियो ।

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

MadhesKhabar

चुनावमा भाग लिने कांग्रेसको निर्णय

MadhesKhabar

Leave a Comment