काठमाडौं,२५चैत:खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्।साेमबार खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले उक्त कुरा बताएका हुन्।
मन्त्री यादवले भने, “धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।”मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफु पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए।
मेयर साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि वजेट विनियोजन गरि दिनका लागि मात्रपत्र बुझाएकाे हाे ।गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सृजना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको मेयर राईले मन्त्री यादवलाई जानकारी गराए ।उनले भने, “पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी मौसम सुरु भएकाले झन समस्या भयो, स्थायी रुपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौँ ।”

