Madhes Khabar
समाचार

भाटभटेनीमा लुट्न पसेकाहरुलाई कुटेर लखेटेका सुरक्षागार्ड पराजुली ५ लाख रुपैयाँबाट पुरस्कृत

काठमाडौं,२०चैत : भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। १५ चैतमा काठमाडौंको राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न आएकाहरूमाथि प्रतिकार गरी थप क्षति हुनबाट जोगाएको भन्दै सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरिएको हो।

पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरिदिएको छ। भाटभटेनी सुपर मार्केटले उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहित सम्मान गरेको छ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन्। भाटभटेनी लुट्न आएकाहरूमाथि सुरक्षागार्ड पराजुली प्रतिकारमा उत्रिएको भीडीयो सामाजिक सञ्जालमा भाइरल भएको थियो।चैत १५ को लुटपाट र तोडफोडबाट करिब ७०÷८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ।साभार: अन्नपूर्णपोष्ट

Related posts

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कार्कीकाे संखुवासभामा सरुवा

MadhesKhabar

`जहाँ बोलाउँछौ त्यही आउँछु’ भनेर सरकारलाई ललकारेका दुर्गा प्रसाईं मोबाइल अफ गरेर भुमिगत

MadhesKhabar

जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment