Madhes Khabar
समाचार

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कार्कीकाे संखुवासभामा सरुवा

वीरगन्ज,२२चैत: पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीकाे संखुवासभामा सरुवा भएको छ।गृह मन्त्रालयले कार्कीलाई संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हाे ।

 

उनकाे स्थानमा बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्सा जिल्लामा गृह मन्त्रालयले पठाएको छ।

गृहमन्त्रालयले आइतबार मातहतका ४ सहसचिव र ३ उपसचिवको सरुवा/पदस्थापन गरेको हाे ।

चैत २२ गतेको निर्णयअनुसार गउह मन्त्रालयले प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ ।

यस्तै डा. डिजन भट्राईलाई जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारीकका रुपमा पदस्थापन गरेको छ। खडानन्द अधिकारीलाई जाजरकोट प्रशानमा पदस्थापन गरेको छ ।

कसूरजन्य सम्पति व्यवस्थापनका महानिर्देशक सुमन घुमिरेलाई गृहमन्त्रालयमा सरुवा गरेको छ भने जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेललाई इलाममा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Related posts

पर्सामा लागू औषध गाँजा र चरेससहितको मोटरसाइकल बरामद, तस्कर फरार

MadhesKhabar

रौतहटमा लागुऔषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

MadhesKhabar

Leave a Comment