Madhes Khabar
समाचार

जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

मोरङ, २३ फागुन : खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । विराटनगरमा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पारे ।

उनले भने, “सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्न सरकार दृढ इच्छाशक्ति राखेर अगाडि बढिरहेको छ ।”

आधुनिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त सेवामार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतापनि उनले बताए ।जलवायु अनुकूलित खानेपानी योजना तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिने योजना सरकारको रहेको जानकारी उनले गराए। संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै खानेपानी तथा ढल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने सरकारको प्रमुख लक्ष्य रहेको उनले बताए ।

उनले भने, “शहरी तथा ग्रामीण क्षेत्रमा वैज्ञानिक ढल प्रशोधन प्रणालीलाई प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा खानेपानी सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम अभिवृद्धि गर्ने र वित्तीय तथा प्राविधिक क्षमता सुदृढ गर्दै आगामी दिनमा थप आयोजनाहरू कार्यान्वयन गर्ने नीति सरकारले अवलम्बन गर्नेछ ।”

मन्त्री यादवले मन्त्रालयबाट अनुमोदित योजनाहरूलाई तीव्र रूपमा कार्यान्वयन गरी प्रशासनिक तथा प्राविधिक पक्षको शीघ्र समीक्षा गर्दै प्रक्रिया सहज बनाइने उल्लेख गरे ।सम्बन्धित निकायहरूसँग समन्वय गर्दै स्रोत स्वीकृत भएका आयोजनाहरूलाई प्रभावकारी रूपमा सम्पन्न गरिने उनको भनाइ छ ।

Related posts

काठमाडौंमा भएकाे दुर्घटनामा वीरगन्जका एक युवककाे मृत्युु

MadhesKhabar

वाइ वाइ चाउचाउकाे मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहकलाई झुक्याइएको आरोप

MadhesKhabar

पर्साकाे बिन्दबासिनीमा घरकाे स्ल्यापबाट खसेर एक किशाेरकाे मृत्युु

MadhesKhabar

Leave a Comment