Madhes Khabar
समाचार

पुर्वराज्यमन्त्री डिम्पल झाको निधन

माधुरी महत्तो
वीरगन्ज, ११ बैशाख
: मधेस प्रदेस सरकारकी पुर्वराज्यमन्त्री डाक्टर डिम्पल झाको निधन भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एंव पुर्वमन्त्री अनिल झाकी पत्नि समेत रहेकी ४३ वर्षिया डिम्पलको आइतवार बिहान निधन भएको हो ।
करिब डेढ वर्ष देखि बोन क्यान्सर रोगबाट ग्रस्त रहनु भएकी डिम्पलको काठमाण्डौ स्थित आफनै निवासमा आइतवार बिहान ५ बजे तिर निधन भएको हो ।
रौतहटबाट तत्कालीन राजपाबाट प्रदेश सांसदमा निर्वाचित डिम्पल , मधेस प्रदेश सरकारमा करिब ३ वर्ष भौतीकपुर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
स्वर्गीय डिम्पलको आइतवार नै दिउँसो गृह जिल्ला रौतहटको मत्सरी गाँउमा दाहसंस्कार गरिने पुर्वमन्त्री अनिल झाका पुर्व स्वकीय सचिव सुजय झाले जानकारी दिए ।

Related posts

पर्साको जगरनाथपुरमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

MadhesKhabar

एमाले–जसपा तालमेलमा अलमल छैन, डा. मधुलाई जिताउन आग्रह गर्दछु : राजकुमार गुप्ता

MadhesKhabar

महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

Leave a Comment