बारा,७चैतः बारामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिललएको छ ।बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरबाट बुधबार राति सशस्त्र प्रहरीले १०३ किलोग्राम गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
रामनगरबाट कोतवालीतर्फ जाँदै गरेको उक्त ट्रकलाई सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटको बर्नरभित्र र ट्रकको हुडमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो ।चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजासहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

