Madhes Khabar
समाचार

खानेपानी मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

काठमाडौँ, २७ फागुन : खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच मंगलबार भेटवार्ता भएको छ । खानेपानी मन्त्रालयमा भएको भेटर्वार्तामा दुवै जनाबीच लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफलपनि भएको छ ।

भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरुमा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न खानेपानीमन्त्री यादवसंग आग्रह ग।े । उनले भने, “संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाइ करोड भन्दा बढी रकम लगानी भइसकेको छ । थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन् । ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।”

लुम्बीनी प्रदेशमा कम्तिमा पनि एक, डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराए ।

भेटवार्तामा यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखीत रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरु सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए । उनले भने , “बजेट अभाव छ । नयाँ योजना नराखौँ । ८० प्रतिसत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रुपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाहरुका विषयमा जानकारी दिनुहोला । आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ ।”

 

Related posts

नेपाल-भारत युवा मैत्री संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता यादव मनाेनित

MadhesKhabar

अरिंगालकाे टाेकाइबाट आमा-छाेरीकाे मृत्यु

MadhesKhabar

वीरगन्जमा बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न

MadhesKhabar

Leave a Comment