Madhes Khabar
कृषि

सरकारले चैते धानको मूल्य कति तोक्यो ?

फाइल फोटो

काठमाडौं,२३फागुनःसरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोक्ने निर्णय गरेको हो ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Related posts

यस वर्ष गहुँबालीका लागि पर्सा, बारा र रौतहटको गण्डक नहरमा भारतले पानी नपठाउने

MadhesKhabar

पर्साको रंगपुरटाँडीमा १ करोड बढीको लागतमा आधुनिक कृषि बजार निर्माण हुदैं

MadhesKhabar

रासायनिक मलको अनुदान यथावत राख्दै मुल्य नबढाउने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment