Madhes Khabar
कृषि हेडलाइन

रासायनिक मलको अनुदान यथावत राख्दै मुल्य नबढाउने सरकारको निर्णय

फाइल फाेटाे

काठमाडौं,६चैत : सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ। साभार : अन्नपूर्णपोष्ट

 

Related posts

वीरगन्जबाट परीक्षणका लागि ल्याबमा पठाइएको पानीमा भेटिएन झाडापखाला र हैजाको जीवाणु

MadhesKhabar

नेपालमा कोरोनाको चौथो लहरको एक महिनामा कोरोनाबाट ३६ जनाको मृत्यु

MadhesKhabar

अदालतको एक पक्षीय फैसलाका कारण दुइ सन्तानकी आमा आरती बिचल्लीमा

MadhesKhabar

Leave a Comment