Madhes Khabar
समाचार

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न

काठमाडौँ,२१फागुन : काठमाडौँको थापाथली चोक नजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाईन मर्मतको कार्य सकिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाईनको मर्मतको काम मंगलबार दिउँसोदेखि सुरु गरेको थियाो । बुधबार बिहान ४ बजेसम्म मर्मतका काम सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।

उनले भने,“पाइप मर्मत र जडानको काम बुधबार बिहान आज ४ मात्रै सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परिक्षण पश्चात आजै पानी वितरण पुनः सुचारु गर्नेछौँ ।”

खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो ? त्यस विषयमा पत्ता लगाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका छन् ।उनले भनेका छन् “के कारणले पाइप फुटेको हो । त्यसको एकिन कारण पत्ता लगाउन छानविन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,” ।

मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका मेडिकल, रेष्टुरेन्ट, घर र पसलहरुमा पसेको थियो ।

यसअघि  बबरमहल क्षेत्रमापनि नेपाल विद्युत प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

Related posts

२० बर्षदेखि फरार अभियुक्त वीरगन्जमा पक्राउ

MadhesKhabar

बारामा उत्पादित अवैध घरेलु मदिरा ट्रकमा ओसारेर वीरगन्जमा आपुर्ति

MadhesKhabar

पर्सामा कूल उम्मेदवार ३३३७ , वीरगन्जको मेयरमा ३० जना

MadhesKhabar

Leave a Comment