Madhes Khabar
खेलकुद

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

काठमाडाैं,२०फागुन:आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेलमा आज(मंगलबार)भारत र अष्ट्रेलिया भिड्दैछन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यी दुई बीचकाे खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरू हुनेछ । फाइनल पुग्न अर्को सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन् ।

समुह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समुह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ तारिखमा हुने छ ।उक्त खेल भारत फाइनलमा नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ ।

Related posts

पन्चगावाँ गोल्डकप फुटबलको फाइनलमा वीरगन्ज युथ एकेडेमी र आराभर भेट्रान्स भिड्ने

MadhesKhabar

वीरगन्जमा आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

MadhesKhabar

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, को–को परे टिममा ?

MadhesKhabar

Leave a Comment