Madhes Khabar
समाचार हेडलाइन

स्ववियु चुनावका लागि ठाकुरराम क्याम्पसमा ३४ संघ/संगठन दर्ता

वीरगन्ज,१९फागुन: चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा संघ/संगठन दर्ता गरिएका छन्।
आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा साेमबार संघ/संगठन दर्ताका लागि अपरान्ह ३ बजेसम्मकाे समय ताेकिएकाे थियाे।

स्ववियु निर्वाचनका लागि ठाकुरराम क्याम्पसमा साेमबार विभिन्न दलगत र समुहका गरि ३४ वटा संघ/संगठन दर्ता भएको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए।उनका अनुसार नेविसंघ,अनेरास्ववियु,अनेरास्ववियु(क्रान्तिकारी),समाजवादी विद्यार्थी युनियन नेपाल,समाजवादी विद्यार्थी युनियन,जनमत विद्यार्थी संघ लगायतका गरि ३४ वटा संघ/संगठनले दर्ता गराएका हुन्।

प्रमुख निर्वाचन अधिकृत सिंहका अनुसार,मतदाता नामावली फागुन २१ गते सार्वजनिक गर्ने कार्यतालिका भएपनि ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनमा करिब १२ हजार मतदाता रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । त्यही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । त्यही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने फागुन २८ गतेका लागि तोकिएको छ ।

त्यही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय फागुन २९ गतेका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली फागुन २९ गते नै सार्वजनिक गरिने छ ।मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

Related posts

ब्रिटिस सेनालाई गोर्खाली सेनाले हराएको पर्सागढीमा यसपालि पनि ‘विजय उत्सव’ मनाइने

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

MadhesKhabar

Leave a Comment