वीरगन्ज,८फागुनःनेपाल रेडक्रस सोसाईटी पर्साको सभापतिमा बृजकिशोर पटेल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा सभापतिका अर्का प्रत्याशी एंव निवर्तमान सभापति वीरेन्द्रराज कँडेललाई ४ मतान्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् । सभापतिमा विजयी पटेलले ६७ मत ल्याए भने उनका प्रतिस्पर्धी कँडेलले ६३ मत मात्रै पाए ।
त्यस्तै उपसभापतिमा भगवती चौधरी विजयी भएका छन् । चौधरी ७४ मतका साथ उपसभापतिमा विजयी हुदाँ उनका प्रतिस्पर्धी विनोद मेहेताले ५५ मत ल्याए । यस्तै महिला उपसभापतिमा मधु राणा ७५ मत ल्याएर विजयी भएकी छिन् ।उनका प्रतिस्पर्धी सरिता कुमारी यादवले ५५ मत मात्रै पाइन् । मन्त्रीमा विनोद गिरी ६६ मत ल्याएर विजयी हुदाँ उनका प्रतिस्पर्धी महन्थ प्रसाद यादवले ६४ मत पाए । कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी काशी प्रसाद साह तेलीले ६० मतमात्रै ल्याए ।
कार्यसमिति सदस्यमा शिवनाथ यादव ७२ मत, दिनानाथ रौनियार ७० मत, मदन प्रसाद गुप्ता ७० मत, जितेन्द्र कुमार बर्मा ७० मत, बाबुनन्द चौरसिया ६५ मत, अलिअसगर देवान ६५ मत ल्याएर विजयी भएका छन् ।यस्तै सदस्यमै जयकान्त उपाध्याय ५३ मतका साथ तथा महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् ।
१ सय ३४ मतदाता संख्या रहेको रेडक्रस सोसाईटी पर्सा शाखामा बुधबार भएको निर्वाचनमा १ सय ३३ मत खसेकोमा सदस्यको मतपत्रमा २ मत बदर भएको निर्वाचन अधिकृत नारायण तिमिल्सिनाले जानकारी दिए ।

