Madhes Khabar
धर्म/संस्कृति

परवानीपुरकाे हनुमान चाेकमा भगवान श्री हनुमानको प्रतिमा निर्माण गर्न एकता अभियानकाे माग

वीरगन्ज,२१माघ: राष्ट्रिय एकता अभियान पर्साले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरकाे चाेकमा भगवान् हनुमानकाे प्रतिमा(मुर्ति) निर्माण गर्न माग गरेको छ।

 

अभियानका पर्सा जिल्ला संयोजक विकाऊ प्रसाद भण्डारी थारूको नेतृत्वकाे टाेलीले साेमबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै परवानीपुरकाे हनुमान चाेकमा भगवान हनुमानको प्रतिमा निर्माण गर्न माग गरेकाे हाे।

 

त्रिभुवन राजपथमा पर्ने परवानीपुरकाे हनुमान चाेकमा भगवान हनुमानको प्रतिमा निर्माण गर्न माग राखेर मेयर सिंहलाई ज्ञापनपत्र बुझाइएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले जानकारी दिए।वीरगन्ज महानगरपालिकाले हालसम्म अगाडि बढाएका धार्मिक स्थलहरूको विकास र पुनर्निर्माण कार्यको प्रशंसा गर्दै अभियानले हनुमान चाेकको ऐतिहासिक तथा धार्मिक महत्वलाई मध्यनजर गरेर भगवान् हनुमानकै भव्य प्रतिमा स्थापना गर्न आग्रह गरिएकाे उनले बताए।

 

ज्ञापनपत्र बुझाउन गएको टाेलीमा अभियानका पदाधिकारी,सदस्य, स्थानीय समाजसेवी लगायतकाकोपनि सहभागीता रहेको थियो।

Related posts

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

MadhesKhabar

छठ पर्वकाे दाेस्राे दिन आज `खरना´

MadhesKhabar

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

MadhesKhabar

Leave a Comment