Madhes Khabar
धर्म/संस्कृति

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

वीरगन्ज,५ असोज: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेकाे संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताएका छन् ।

आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षण बाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जाेड दिए ।नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सन्जालले कृष्ण अष्ठमीको अवसरमा वीरगन्जबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

विगतमा कृष्ण जन्माष्टमीका बेला भब्य रुपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो । संजालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो ।

अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने संजालका अध्यक्ष मो.सगिर अलिले बताए । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा संजालका अध्यक्ष अलिले जोड दिए।

कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरबारका अध्यक्ष उमेशलाल सहनी, महानगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा.प्र.पा.का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

Related posts

विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला आजदेखि सुरु

MadhesKhabar

वीरगन्जको पशुपति मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने मन्त्री शर्माको प्रतिबद्धता

MadhesKhabar

सुर्य भगवान र छठी माताकाे पूजा अर्चना गरी आज छठ पर्व मनाइदैं

MadhesKhabar

Leave a Comment