Madhes Khabar
समाचार

बारामा ६३ केजी गाँजासहित दुई वटा मोटरसाइकल बरामद

वीरगन्ज,२१माघःबारामा प्रहरीले लागू औषध गाँजासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ३ बकतौराबाट आइतबार राति प्रहरीले ६३ किलो गाँजासहित बागमती प्रदेश–०२०४१ प ५७३७ र ना. ६३ प ३९८८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको संयुक्त प्रहरी टोलीले बकतौरामा भारततर्फ जाँदै गरेको ती दुवै मोटरसाईकल रोकेर चेकजाँच गर्न खोज्दा चालकहरु मेटरसाइकल छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले दुबै मोटरसाईकलमा लोड रहेको समान खोलेर हेर्दा ६३ केजी गाँजा फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

गाँजासहित बरामद दुवै मोटरसाईकल समेत नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

 

Related posts

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाका दोषीलाई कारबाही गर्न उज्यालो नेपाल पार्टी पर्साको माग

MadhesKhabar

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

मानव बेचबिखनको जालाे ताेड्न सफल पर्साका एसपी मिश्र सम्मानित

MadhesKhabar

Leave a Comment