Madhes Khabar
समाचार

वीरगन्ज-कलैया सडकखण्डमा सिटीराइड बसकाे ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते

वीरगन्ज,६साउन:वीरगन्ज-कलैया सडकखण्डमा आइतबार दिउँसो यात्रुबाहक बसकाे ठक्करबाट एक पैदल यात्रु गम्भीर घाइते भएका छन्।घाइते हुनेमा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका ५० वर्षिय नारायण अधिकारी रहेका छन् ।

कलैयाबाट वीरगन्ज आउँदै गरेकाे ना ३ ख ८५१६ नम्बरको सिटी राइड बसले नाैतनस्थित एलएस न्यूराे हस्पिटल अगाडि अस्पतालमा बिरामी भेट्न जाँदै गरेका बेला अधिकारीलाई ठक्कर दिएकाे हाे ।गम्भीर घाइते अधिकारीकाे एलएस न्यूराे हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय प्रसाैनीले नियन्त्रणमा लिएको छ ।फरार रहेका बसका चालककाे पहिचान खुल्न नसकेको र उनकाे खाेजी भइरहेको प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिए।

Related posts

महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

कार्यपालिका सदस्यमा काँग्रेसका चारै जना निर्विरोध निर्वाचित

MadhesKhabar

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

Leave a Comment