Madhes Khabar
समाचार

महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु


मधेसखबर
वीरगञ्ज , साउन १८ गते : ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते पनि भएका छन् ।

बुधबार बिहान सुर्ति विकास नजिक ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने दिलीप सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहनीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते सहनीलाई उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।

माईस्थानबाट गौशाला तर्फ जाने क्रममा ना ४ ख ३३३९ नम्बरको ट्रकले सहनीको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

Related posts

आयोगको समयसीमा गुज्रियो, ठूला दल अझै घोषणापत्रविहीन

MadhesKhabar

वीरगन्जको घण्टाघरबाट १ करोड बढीको मालसामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जका अग्रज पत्रकार ध्रुब अधिकारी रेडियो नेपालकाे दीर्घ सेवा पदकबाट विभूषित

MadhesKhabar

Leave a Comment