Madhes Khabar
समाचार

वीरगन्जको घण्टाघरबाट १ करोड बढीको मालसामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,७कार्तिकःवीरगन्जबाट प्रहरीले राजश्व छलीको आशंकामा १ करोड १४ लाख मुल्यको मालसामान लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जको घण्टाघर चोकबाट मंगलबार राति प्रहरीले ना ३ ख ५१८७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट कास्की जाँदै गरेको उक्त ट्रक घण्टाघर चोकमा रोकेर चेकजाँच गर्दा ट्रकमा बिलबिजक भन्दा बढी परिमाणको अर्थात १ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको औषधि र लत्ताकपडा बरामद भएपछि ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मालसामानसहित नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा खोसिने, राहदानी रद्द गर्ने सरकारकाेतयारी

MadhesKhabar

पर्सामा लाखौं लगानी गरिएको विजुली उत्पादन गर्ने ग्यासिफायर प्लान्ट अलपत्र

MadhesKhabar

Leave a Comment