Madhes Khabar
शिक्षा

ठाकुरराम क्याम्पसमा नेविसंघद्वारा सरसफाई र विधार्थीहरुसंग छलफल कार्यक्रम सम्पन्न

वीरगन्ज,२०माघःचैत ५ को स्ववियु निर्वाचनलाई लक्षित गरेर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) ले सकृयता बढाएको छ ।

ठाकुुराम क्याम्पसमा करिब १५ बर्षपछि स्ववियु निर्वाचन हुने भएपछि चुनावमा आफ्नो जितका लागि नेविसंघले गत हप्प्तादेखि विभिन्न गतिविधी अगाडि बढाएको हो ।यसैक्रममा आइतबार क्याम्पसमा नेविसंघले क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै त्यहाँका समस्याबारे विधार्थीहरुसंग छलफलपनि गरेको छ ।

आइतबार क्याम्पसको मूल भवन र महिला छात्रावास परिसरमा सरसफाई गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए । साथै महिला छात्राबासमा बस्दै आएका छात्राहरुसंग छलफल गरेर त्यहाँ रहेका समस्याहरु बारे जानकारी लिदैं समाधानका लागि नेविसंघले पहल गर्ने प्रतिबद्धतापनि जनाइएको यादवले जानकारी दिए ।

नेविसंघका नेता प्रकाश रौनियारको अध्यक्षतामा भएको सरसफाई र छलफल कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति अशोक गुप्ता, पूर्व उपसभापति प्रकाश उपाध्याय युवा नेता दिलिप राज कार्की, नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन सिंह,मनिष यादव ,विकास मण्डल , मेघराज यादव,कृष्णा दास तत्मा लगायतकाको सहभागिता रहेको थियो ।

 

Related posts

सिरही सथवलमा प्लस टू सञ्चालन, अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

पर्साको एक विधालयका प्रधानाध्यापक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

MadhesKhabar

वीरगन्जका नीजी विधालय विरुद्ध अभिभावकको आन्दोलन निरन्तर, मोटरसाइकल जुलुश प्रदर्शन

MadhesKhabar

Leave a Comment