वीरगन्ज ,१भदाैं: पर्साकाे सखुवाप्रसाैनी गाँउपालिका वडा नम्बर १ सिरहि सथवलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १० +२ (प्लस टू) कक्षाकाे पठनपाठन सञ्चालनमा आएकाे छ ।
शुक्रबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले एक कार्यक्रमकाबिच विद्यालयमा सञ्चालनमा आएकाे १०+२ कक्षाकाे समुद्घाटन गरेका छन् ।
समुद्घाटन कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले शिक्षाकाे सुधार र स्तराेन्नती आफ्नाे प्रमुख प्राथमिकतामा रहेकाे बताए । सथवलकाे विद्यालयमा कक्षा ११ र १२ काे पठनपाठन सञ्चालनमा आएसंगै अब यस क्षेत्रका एसईई पास गरेका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेकाेपनि उनले बताए ।
अध्यक्ष यादवले विद्यालयमा १०+२ कक्षाकाे पठनपाठनका लागि आवश्यक पर्ने सहयाेग गाँउपालिकाले गरिरहने र कुनै समस्या आइपरे आँफुलाई निर्धक्क भएर जानकारी गराउनपनि विद्यालयका शिक्षक र वडाका जाप्रतिनिधीहरुलाई आग्रहसमेत गरे ।
समुद्घाटन कार्यक्रममा वडाध्यक्ष वासुदेव महताे थारु, विद्यालयका प्रधानाध्यापक , शिक्षक, स्थानीय शिक्षाप्रेमी, समाजसेवी लगायतकोपनि सहभागीता थियाे ।

