Madhes Khabar
शिक्षा

सिरही सथवलमा प्लस टू सञ्चालन, अध्यक्ष यादवले गरे उद्घाटन

वीरगन्ज ,१भदाैं: पर्साकाे सखुवाप्रसाैनी गाँउपालिका वडा नम्बर १ सिरहि सथवलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १० +२ (प्लस टू) कक्षाकाे पठनपाठन सञ्चालनमा आएकाे छ ।

शुक्रबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले एक कार्यक्रमकाबिच विद्यालयमा सञ्चालनमा आएकाे १०+२ कक्षाकाे समुद्घाटन गरेका छन् ।

समुद्घाटन कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले शिक्षाकाे सुधार र स्तराेन्नती आफ्नाे प्रमुख प्राथमिकतामा रहेकाे बताए । सथवलकाे विद्यालयमा कक्षा ११ र १२ काे पठनपाठन सञ्चालनमा आएसंगै अब यस क्षेत्रका एसईई पास गरेका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेकाेपनि उनले बताए ।

अध्यक्ष यादवले विद्यालयमा १०+२ कक्षाकाे पठनपाठनका लागि आवश्यक पर्ने सहयाेग गाँउपालिकाले गरिरहने र कुनै समस्या आइपरे आँफुलाई निर्धक्क भएर जानकारी गराउनपनि विद्यालयका शिक्षक र वडाका जाप्रतिनिधीहरुलाई आग्रहसमेत गरे ।

समुद्घाटन कार्यक्रममा वडाध्यक्ष वासुदेव महताे थारु, विद्यालयका प्रधानाध्यापक , शिक्षक, स्थानीय शिक्षाप्रेमी, समाजसेवी लगायतकोपनि सहभागीता थियाे ।

Related posts

समाजको विकासका लागि शिक्षा र प्रविधिमा लगानी गर्नुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

MadhesKhabar

बारामा प्रश्नपत्र बाहिरएपछि केन्द्राध्यक्षसहित २ निरीक्षकलाई कारबाही

MadhesKhabar

Leave a Comment