Madhes Khabar
शिक्षा

समाजको विकासका लागि शिक्षा र प्रविधिमा लगानी गर्नुपर्छ : खानेपानी मन्त्री यादव

वीरगन्ज,२० भदौं :खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताएका छन् । बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को कार्यालयद्वारा आयोजित “एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण” कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले भविष्यका कर्णधारलाई प्रविधिको पहुँच दिलाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

“कम्प्युटर वितरणले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै उहाँहरूको क्षमता र दक्षता बढाउन सहयोग पु¥याउने छ । नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार हो,” मन्त्री यादवले भने । उनले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा महत्वपूर्ण उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको महत्वलाई जोड दिँदै भने,“प्रविधिमा पहुँचले विद्यार्थीहरूको भविष्यलाई अझ उज्यालो बनाउन मद्दत गर्नेछ । वीरगन्ज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।”

वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले पनि वडाले शिक्षामा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गर्दै आएको बताए। उनले भने , “यस प्रकारको प्रोत्साहनले विद्यार्थीहरूको आत्मविश्वास बढ्नेछ र उनीहरूलाई अगाडि बढ्न थप उत्प्रेरणा मिल्नेछ ।”

 

Related posts

सरकार भन्छ :’शिक्षकलाई वार्तामा बोलायौं’, शिक्षक महासंघ भन्छ :’थाहा छैन’

MadhesKhabar

वर्गिकरण अनुसारको शुल्क भन्दा बढी लिने विद्यालयलाई कारबाही गर्ने मेयर सिंहकाे चेतावनी

MadhesKhabar

एनआई कलेजलाई हरिखेतानको चुनौती : सिसिटिभीको निगरानीमा परीक्षा लिन सक्ने हिम्मत छ ?

MadhesKhabar

Leave a Comment