Madhes Khabar
शिक्षा हेडलाइन

विद्यालय शिक्षा सम्बन्धी कानुनको विरुद्ध वीरगन्जका निजी विद्यालयहरुपनि आन्दोलित

वीरगन्ज, २४ साउन : विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा वीरगन्जका निजी विद्यालयका सञ्चालकहरुपनि आन्दोलित भएका छन् ।

उक्त विधेयकको विरोधमा प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार बुधवार तीन वटै संस्थाले वीरगन्ज महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् ।प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोककुमार चौरसिया, एनप्याब्सन वीरगन्ज महानगरका अध्यक्ष जियालाल गुप्ता र हिसानका मनिष सिंहले बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेययर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विधेयकमा समावेश गरिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्रै नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण भएकाले त्यसलाई खारेज गर्नु पर्ने माग सहित देशभरका निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएको प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

उक्त विधेयक आफुहरुले भने बमोजिम संशोधन नगरी पारित गरिएको खण्डमा देशैभरका निजी विद्यालयहरु बन्द गर्न बाध्य हुने हिसानका मनिष सिंहले चेतावनी दिए ।

एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले आन्दोलनको चरणबद्ध कार्यक्रम अनुसार साउन २८ गते देशैभरका निजी विद्यालय बन्द गर्ने र भदौ १ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम रहेको रामराज श्रेष्ठले जानकारी दिए ।

Related posts

वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा 

MadhesKhabar

मधेस सरकारबाट एमालेले पनि समर्थन फिर्ता लियो,अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment