Madhes Khabar
शिक्षा

वीरगन्जमा एसईईको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन

वीरगन्ज,१६माघःमाध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीका लागि वीरगन्जमा बुधबारदेखि निःशुल्क कक्षा सञ्चालनमा ल्याइएको छ ।

दी हुमेन लभ च्यारिटी फण्ड नामक संस्थाले वीरगन्जको नेशकल कलेजको भवनमा एसईईको तयारीका लागि निःशुल्क कक्षा सञ्चालनमा ल्याएको हो ।एसईईको तयारीमा रहेका विपन्न तथा सिमान्तकृत समुदायका विधार्थीहरुका लागि निःशुल्क कक्षा सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।

बुधबार उक्त निःशुल्क कक्षाको समुद्घाटन गर्दै नेकपा एमालेका युवा नेता सलाउदीन अहमदले दी हुमेन लभ च्यारिटी फण्डको यस कार्यको प्रशंसा गरे । यसले विपन्न र सिमान्तकृत समुदायका विधार्थीहरु लाभान्वित हुने भन्दै उनले शिक्षाका क्षेत्रमा अन्य संघसस्थाले पनि यस्ता उदाहरणीय काम गर्नुपर्ने सुझाव दिए । यस्ता कार्यले सकारात्मक परिवर्तन ल्याउन सक्ने उनले बताए ।

 

Related posts

ठाकुरराम क्याम्पसमा नेविसंघद्वारा सरसफाई र विधार्थीहरुसंग छलफल कार्यक्रम सम्पन्न

MadhesKhabar

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने पर्सा-४ का सांसद शाक्यको घोषणा

MadhesKhabar

महागढीमाई नगरपालिकाका शिक्षकहरुले तलब नपाएपछि दिए आन्दोलनको चेतावनी

MadhesKhabar

Leave a Comment