वीरगन्ज, १० चैत :पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद टेक बहादुर शाक्यले आगामी यसवर्षको एसईई परीक्षाको तयारीमा रहेका आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ६ वटा पालिकाबाट प्रत्येक पालिकामा उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण हुने एक–एक जना विद्यार्थीलाई जनही २१ हजार १११ रुपैयाँको नगद पुरस्कार दिने घोषणा शाक्यले गरेका हुन् ।
यस्तै क्षेत्र नम्बर ४ मै सबैभन्दा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने एक जना विद्यार्थीलाई ५१ हजार १११ रुपैयाँले पुरस्कृत गर्ने पनि उनले बताए ।विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले आँफुले यो घोषणा गरेको शाक्यले बताए ।

