Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

वीरगन्ज,१३माघःवीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए। ‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’

गत आर्थिक वर्षको ६ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आर्थिक वर्षको छ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात पनि ६ दशमलव ४५ प्रतिशतले बढेको छ ।रासस

Related posts

भन्सारमा तस्करहरुको राज चलिरहेको छः सांसद प्रदीप यादव

MadhesKhabar

कलैया उपमहानगरपालिकाकाे बजेट १ अर्ब ५४ कराेड

MadhesKhabar

वीरगन्जको सुक्खा बन्दरगाहबाट १० वटा कन्टेनर चोरी

MadhesKhabar

Leave a Comment