Madhes Khabar
समाचार

वीरगन्जको भेडाहा खाेलाबाट बालुवा तस्करी गर्ने २ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

वीरगन्ज,१०माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खाेलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र तस्करीमा प्रयोग गरिएका २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले भेडाहा खोलामा पसेर बालुवा लोड गरेकाे प्रदेश २ -०३-०१ त १८०६ र ना ६ त १७५९ नम्बरको ट्याक्टर बिहीबार नियन्त्रणमा लिएको हाे।

नियन्त्रणमा लिइएका बालुवासहितको दुवै ट्याक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीमा राखेर थप कारबाहीका लागि वीरगन्ज महानगरपालिकाकाे कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

Related posts

भारतमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन नेपाली दूतावासको अनुरोध

MadhesKhabar

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

MadhesKhabar

अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत

MadhesKhabar

Leave a Comment