Madhes Khabar
शिक्षा

जगरनाथपुरकाे विद्यालयमा ५५० जना विद्यार्थीलाई पाेशाक वितरण

वीरगन्ज,१०माघ:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ मा रहेकाे बाबा बैधनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पाेशाक वितरण गरिएको छ।

बिहीबार विद्यालयमै आयाेजित कार्यक्रममा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले विद्यालयमा अध्ययनरत ५ सय ५० जना विद्यार्थीलाई टिसर्ट र टाउजर वितरण गरेका हुन्।

त्यसअवसरमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुभाष यादव,विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका,अभिभावक लगायतकाकाेपनि सहभागीता रहेकाे थियाे।

Related posts

हरि खेतान क्याम्पसलाई निजीकरण गर्न दिन्न : नवनियुक्त क्याम्पस प्रमुख राय

MadhesKhabar

श्रीपुरको विद्यापिठ माविका पुर्व प्रअ बलराम श्रेष्ठ विरुद्ध अख्तियारमा मुद्धा दर्ता

MadhesKhabar

प्राविधिक शिक्षामा जाेड दिनुपर्छ : उपमेयर आलम

MadhesKhabar

Leave a Comment