वीरगन्ज,१०माघ:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ मा रहेकाे बाबा बैधनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पाेशाक वितरण गरिएको छ।
बिहीबार विद्यालयमै आयाेजित कार्यक्रममा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले विद्यालयमा अध्ययनरत ५ सय ५० जना विद्यार्थीलाई टिसर्ट र टाउजर वितरण गरेका हुन्।
त्यसअवसरमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुभाष यादव,विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका,अभिभावक लगायतकाकाेपनि सहभागीता रहेकाे थियाे।

