मधेसखबर
वीरगन्ज ,२८माघ : वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विधालयहरुले प्राविधिक र व्यवहारिक शिक्षामा जाेड दिनुपर्ने बताएका छन् ।
शनिबार वीरगन्ज ४ मा रहेकाे बिकन माविकाे २९ औं वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै उपमेयर आलमले यस्तो बताएका हुन् ।उनले आजका विधार्थी नै भविष्यका कर्णधार भएकाेले यिनिहरुले नै देश निर्माणमा महत्त्वपूर्ण भुमीका निर्वाह गर्ने बताए ।
वार्षिकोत्सब कार्यक्रममा उपमेयर आलमले बिकन माविका विधार्थीहरुले बनाएका विभिन्न वस्तुहरुकाे अवलोकन पनि गरे । कार्यक्रममा विधार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि गरेका थिए ।
बिकन माविका सन्चालक प्रकाश उपाध्यायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगन्ज ४ का वडाध्यक्ष जतत साह कानु, वीरगन्ज ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार,उपमेयर आलमका स्वकिय सचिव शेष हजरा,धर्मराज यादव ,कमल महतो,पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

