Madhes Khabar
शिक्षा

पटेर्वा सुगाैलीमा शिक्षक संघकाे भेला सम्पन्न

प्रमोद यादव
पर्सा,२३भदौं : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेपाल शिक्षक संघमा आबद्ध शिक्षक शिक्षिकाहरुकाे भेला सम्पन्न भएकाे छ ।

नेपाल शिक्षक संघको आयोजनामा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पथरैया स्थित जनता आधारभुत विद्यालयमा बिहीबार सम्पन्न भेलामा शिक्षक संघमा आबद्ध शिक्षकको सदस्यता नविकरण र नया सदस्यता थप गर्ने ,शिक्षक र शैक्षिक संस्था माथि हुने विभेद अन्त गर्न सरोकारवालाहरुकाे ध्यानाकर्षण गराउने विषयमा छलफल गरिएकाे शिक्षक संघ पटेर्वा सुगौली पालिका अध्यक्ष हरिराज प्रसाद यादवले जानकारी दिए ।

भेलाले कुनै पनि शिक्षक वा शैक्षिक संस्थालाई विभेद पर्न निदने प्रतिबद्धता पनि जनाएको यादवले बताए । यसका साथैआगामी दिनमा शिक्षकको जायज गुनासो र माग सम्बाेधन गराउन शिक्षक संघले अगुवाई गर्ने निर्णय पनि गरेकाे उनले बताए । यसैगिर शिक्षक संघको त्रैमासिक बैठ गर्ने र गुनासो सकल गर्ने निर्णय पनि गरिएको शिक्षक संघका सचीव लक्षमिनारायण ओझैया थारुले बताए ।

भेलामा शिक्षक संघकी उपाध्यक्ष सुनिता देवी,सदस्यहरु निरमाया आले,ईन्द्र गौतम,राजेश्वर प्रसाद,सोनामती देवी,मन्तुरा देवी,रामनारायण पजियार लगायतको उपस्थित रहेको थियो ।

Related posts

वीरगन्जका सरकारी विधालयमा अचानक पुगेका मेयर सिंहसंग विधार्थीले के भने ?….

MadhesKhabar

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा वर्षे विदा साउन १३ गतेदेखि दिने महानगरको निर्णय

MadhesKhabar

Leave a Comment